तेहरान, पुस १० : इरानको राजधानी तेहरानमा आइतबार दुईतले भवन भत्किँदा कम्तीमा तीन जना घाइते भएको आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ ।
कामदारहरू पुरानो भवन भत्काउन व्यस्त रहेका बेला अचानक सो भवन भत्किदा तीन जना कामदार पुरिएको इर्नाले तेहरान नगरपालिकाको दमकल विभाग र सुरक्षा सेवाका प्रवक्ता जलाल मलेकीलाई उद्धृत गर्दै बताएको छ ।
द्रुत र समन्वयात्मक कार्य गर्दै अग्निनियन्त्रकहरूले सबै तीन जना कामदारहरूलाई तुरुन्तै भग्नावशेषबाट सकुशल बाहिर निकालेका थिए ।






