स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : प्रधानमन्त्री

  पुष ०९, २०७९

काठमाडौँ, पुस ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उहाँले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया