मधेसको कलासंस्कृती झल्काउँदै शान्ति ¥याली

  पुष ०८, २०७९

पर्सा, पुस ८ : मधेसको कलासंस्कृती झल्किने विभिन्न नाचगान र बाजागाजासहित वीरगन्जमा शान्ति ¥याली निकालिएको छ ।

नेपाल जेसिज स्थापनाको ५० औँ वर्षका अवसरमा आज निकालिएको ¥यालीमा तराईको प्राचिन सांस्कृतिक नाचका रूपमा चिनीने नेटुवा नाच, दुलदुल घोडा नृत्यसहित सहनाई तथा सिङ्घा बाजा प्रस्तुत गरिएको थियो ।

जेसिजको केन्द्रीय महाधिवेशनमा सहभागी हुन ७७ वटै जिल्लाबाट वीरगन्ज आएका प्रतिनिधिसहितको ¥याली यहाँको घडिअवा चोकबाट सुरुभई नगरको विभिन्न भाग परिक्रमा गरी घण्टाघर चोकमा विसर्जन भएको थियो ।

¥यालीमा सहभागीलाई नेवा, थारु, माडवाडी र मुस्लिम समुदायले आ–आप्mनो समुदाय प्रतिनिधित्व गर्ने परिकार खुवाएर स्वागत गरेका थिए ।

तराईको कला संस्कृती र स्वादिष्ट परिकारबारे जानकारी दिँदै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको जेसिज पर्साका निशान्त लामिछानेले जनकारी दिनुभयो ।

तराईको भाषा संस्कृती समृद्ध हुनुका साथै वीरगन्जबासीको अथिति सत्कार धेरै राम्रो रहेको अनुभूति गरेको ¥यालीमा सहभागी रहेकी जेसिज विराटनगरकी प्रभाराय कार्की र निमा पौडेलले अनुभव बताउनुभयो । उहाहरूले राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आफुहरू पहिलो पटक वीरगन्ज आएको जानकारी दिनुभयो ।

नेपाल जेसिजले यसअधि तीन पटक वीरगन्जमा केन्द्रीय महाधिवेशन गरिसकेको छ । जेसिजको केन्द्रीय महाधिवेशनमा देशैभरीबाट एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको अधिवेशन तयारी समितिका संयोजक गोपाल केडियाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया