भारतीय कम्पनीका २ स्यानिटाइजर गुणस्तरहिन, बजारबाट फिर्ता लिन निर्देशन

  पुष ०४, २०७९

काठमाडौं । औषधि व्यवस्था विभागले नेपाली बजारमा रहेका भारतीय कम्पनीका दुई स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ। विभागले ५ लिटरको जीएचसी ह्याण्ड स्यानिटाइजर ब्याच नं केयर १२१(२२ र सोही नामको ५०० एमएलको ब्याच नं केयर ४९(२२ लाई प्रतिबन्ध लगाएको हो।

प्रयोगशाला परीक्षणका क्रमका कम गुणस्तरको पाइएको भन्दै विभागले सिफारिस, बिक्रि वितरण र प्रयोग समेत नगर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया