सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

  पुष ०१, २०७९

सोलुखुम्बु, पुस १ : सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै रहेको नौधनको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।

ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई÷दुईतले घरसहित घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्तबहादुरको रु ३१ लाख तथा नौधनको रु ११ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

तपाईको प्रतिक्रिया