विश्व किसान सङ्घको उपाध्यक्षमा डा ओली निर्वाचित

  पुष ०१, २०७९

काठमाडौँ,पुस १ : राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओली विश्व किसान सङ्घको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

चीनमा आयोजित विश्व किसान सङ्घको पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी समितिको सातौँ बैठकले उहाँलाई बिहीबार उपाध्यक्षमा निर्वाचित गरेको कोषले जनाएको छ ।

महाधिवेशनले संविधान, कार्यकारिणी समिति र कार्यक्षेत्र निर्धारण गर्नुका साथै विश्वका कृषकको सामूहिक उन्नति र समृद्धिका लागि विभिन्न निर्णय गरेको छ ।

बैठकमा ४० भन्दा बढी देशका प्रतिनिधिहरूले भाग लिनुभएको थियो भने अधिकांश भर्चुअल माध्यमबाट सहभागी हुनुहुन्थ्यो । डा ओेली राष्ट्रपति विद्यादेवी भण्डारीका प्राकृतिक स्रोत तथा वातावरण सल्लाहकार हुनुहुन्छ ।

सो अवसरमा उहाँले किसान मानव र विश्वव्यापी विकासको मेरुदण्ड भएको बताउँदै २१औँ शताब्दीमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कृषि आधुनिकीकरण र प्रविधि हस्तान्तरणको आवश्यकता, दीगो खाद्य उत्पादन र विश्वव्यापी खाद्य सुरक्षाको संरक्षण र वृद्धिमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया