दमक, मङ्सिर २९ दमक नगरपालिका र प्रदेश नं १ सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच नगरपालिकाभित्र निर्माण हुने भवनको मापदण्ड निर्धारणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सहकार्यका लागि त्यससम्बन्धी आज सम्झौता भएको दमक नगरपालिकाका सहायक इञ्जीनियर ओम राईले जानकारी दिनुभयो । सम्झौतामा मन्त्रालयका तर्पmबाट सचिव अशोककुमार शाह र दमक नगरपालिकाका तर्पmबाट उपप्रमुख रेगिना भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
यसअघि पनि दमक नगरपालिकाले भवन निर्माण संहिता लागू गरी यसलाई आन्तरिकरूपमा कार्यान्वयनमा ल्याएको भए पनि मन्त्रालयका कार्यक्रमअन्तर्गत सम्झौता गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो ।
मन्त्रालयसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै उपप्रमुख भट्टराईले दमक नगरपालिकाले यसअघि नै कार्यान्वयनमा ल्याइसकेको संहितालाई सम्झौताअनुसार अझ कडाइका साथ पालना गर्ने बताउनुभयो ।
नेपाल भूकम्पीय जोखिममा रहेको देश साथै विभिन्न प्राकृतिक विपत्तिहरू आइरहने हुँदा संरचना निर्माण गर्दा संहिताअनुसारको हुनैपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव शाहले उक्त सम्झौता कुनै समयसीमा तोकेर भन्दा पनि सधैँका लागि गरिएको भन्दै मन्त्रलयले सम्झौताअनुसार कार्यान्वयन भए÷नभएको अनुगमनसमेत गर्ने बताउनुभयो ।
मगर महिला कम्युनिटीबाट दुई छात्रालाई शैक्षिक सहयोग
बेलायतमा रहेको मगर महिला कम्युनिटीको वेम्बली शाखाले झापाको दमक र कमलका दुई विपन्न तथा जेहेन्दार मगर छात्रालाई छात्रवृत्तिवापत शैक्षिक सहयोग गरेको छ ।
शाखाले दमक–९ इँटाभट्टास्थित सरस्वती माविमा अध्ययनरत रीता आलेमगर र कमल–१ सरङपाडास्थित नरेन्द्र माविमा अध्ययनरत भीमा थापामगरलाई उच्च शिक्षा अध्ययनमा सहयोगका लागि जनही रु २५ हजार बराबरको शैक्षिक सहयोग प्रदान गरेको हो ।
सामाजिक सञ्जालमार्फत परोपकारमा संलग्न दमकका काजी राउतमार्फत सो कम्युनिटीको वेम्बली शाखाले सो रकम पठाएको हो । प्राप्त सहयोग रकम दाता संस्थाको आग्रहअनुरूप विद्यार्थीको एक वर्षको वार्षिक शुल्क, विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
सामाजिक सञ्जालमार्फत राउतले सो शाखामा ती छात्राको शैक्षिक निरन्तरताका लागि सहयोग आवश्यक रहेको जानकारी गराएपछि संस्थागतरूपमा सो सहयोग रकम पठाइएको मगर महिला कम्युनिटीको वेम्बली शाखाकी मन सुनुवारले जानकारी दिनुभयो ।