उपराष्ट्रपति स्वागत समारोहमा

  मंसिर २८, २०७९

काठमाडौँ, मङ्सिर २८ : उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्वसांसद, उद्योगपति, व्यापारी, खेलकुद क्षेत्रका पदाधिकारी, कलाकार एवं समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया