तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द

  मंसिर २८, २०७९

तनहुँ, मङ्सिर २८ : जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिनुभयो । सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।

“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उहाँले भन्नुभयो, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”

तपाईको प्रतिक्रिया