कङ्गोको राजधानीमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

  मंसिर २७, २०७९

किन्सासा, मङ्सिर २७ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेको बताइएको छ ।

वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया