म्याङ्लुङ, मङ्सिर १८ : नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औँ साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चार मिडियाका ३५ पत्रकारलाई आजदेखि पत्रकार क्षमता विकास तालिम दिन सुरु गरिएको छ ।
कार्यक्रममा सञ्चार र आमसञ्चार, समाचार सङ्कलन लेखन र सम्पादन, रेडियो रिपोर्टिङ, टिभि रिपोर्टिङ, पत्रकार आचारसंहिता र पत्रकारको संस्थागत विकाससम्बन्धी पत्रकार महासङ्घको भूमिका र सूचनाको हकलगायतको विषयमा छलफल तथा अनुभव साटासाट गर्ने नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष अमृत बाँस्तोलाले जानकारी दिनुभयो ।