दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

  मंसिर १८, २०७९

काठमाडौँ, मङ्सिर १८ : दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ ।

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का बालकृष्ण शिवाकोटीले हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । हालसम्म ४२ हजार सात सय १९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २३ हजार दुई सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा २ मा नेकपा ((एमाले) का भरतबहादुर केसी निर्वाचित भइसक्नुभएको छ । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

तपाईको प्रतिक्रिया