बाजुरमा कांग्रेसका पाण्डेको अग्रता

  मंसिर १६, २०७९

बाजुरा, मङ्सिर १६ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।

बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिनुभएको छ ।

उहाँले सात हजार पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार नौ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा (१)मा नेकपा समाजवादीका नरेश शाहीले पाँच हजार एक सय ३२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले तीन हजार नौ सय २८ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले तीन सय २५ मत पाउनुभएको छ ।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका पदमबहादुर शाहीले पाँच हजार ७७ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा एमालेका लालबहादुर थापाले चार हजार ६ सय ८४ मत प्राप्त गर्नुभएको छ । शाहीले थापासँग तीन सय ९३ मतको अन्तरले अग्रता कायम गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया