मानवअधिकार उल्लङ्घनका उजुरी

  मंसिर १६, २०७९

बागमती, मङ्सिर १६ : बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाइएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुर जिल्लामा मानवअधिकार उल्लङ्घनको उजुरी परेको बताउनुभयो ।

दुवै जिल्लामा क्रमश आठ र सात मानवअधिकार उल्लङ्घनको उजुरी परेको छ । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।

प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लङ्घनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया