हनोई, मङ्सिर १३ भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० पुग्ने प्रक्षेपण गरिएको छ । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सार्वजनिक गरेको जनाकारि अनुसार हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ । देशको यो जनसङ्ख्या विश्वको १५ औं सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ। एसियामा ८ औं र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो ।
भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका रहेको तथ्याङ्कमा देखाइएको छ । सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियन सम्म पुग्ने अपेक्षा गरिएको छ ।






