विनेसामको महोत्तरी शाखा

  मंसिर १२, २०७९

महोत्तरी, मङ्सिर १२ : विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) को महोत्तरी शाखा गठन भएको छ । महोत्तरीको बर्दिबासमा आज सम्पन्न नेपाली भाषा साहित्यका स्रष्टाहरूको भेलाले साहित्य साधक उद्धव आचार्यको अध्यक्षतामा विनेसामको सात सदस्यीय महोत्तरी शाखा समिति गठन गरेको हो ।

गठित समितिमा शान्ता काफ्लेलाई उपाध्यक्ष, कमल साहलाई सचिव र शत्रुधन साहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । सुमन सारङ्गी ‘संसार’, दीपक साह र रबिन यादव शाखाको सदस्य चयन हुनुभएको छ । भेलामा स्रष्टाहरूले आफू रचित कविता, गजल, मुक्तक र हाइकू वाचन गर्नुभएको थियो ।

विनेसाम नेपालका केन्द्रीय सल्लाहकार तथा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहलाई कार्यक्रममा स्रष्टा सम्मान गरिएको थियो । कार्यक्रम विनेसाम मधेस प्रदेश शाखाका अध्यक्ष मणिराज दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया