क्रेमलिनका आलोचक यासिनविद्ध सुनुवाई सुरु

  मंसिर ०७, २०७९

मस्को, मङ्सिर ७ : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गरेको अभियोगमा एक दशकसम्म जेल सजाय भोगिरहेका विपक्षी नेता इल्या याशिनविरुद्ध रूसको एक अदालतले बुधबार सुनुवाइ सुरु गरेको छ ।

मस्काका सिटी काउन्सिलर ३९ वर्षीय याशिनसहित रूसको युक्रेन आक्रमणप्रति आलोचना गर्ने अधिकांश विपक्षी नेता कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा राखिएको छ वा वा देशबाहिर जान बाध्य पारिएको छ ।

पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएपछि यासिनले देश छाड्न अस्वीकार गरेको विपक्षी समूह निकट रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका सहयोगी मानिने उहाँ सन् २०१५ मा क्रेमलिन नजिकै हत्या गरिएका विपक्षी नेता बोरिस नेमत्सोभसँग नजिक हुनुहुन्थ्यो ।

एएफपीका एक संवाददाताका अनुसार मस्कोको मेश्चान्स्की जिल्ला अदालतमा बुधबार प्रतिवादीको रूपमा उभिएका याशिनले साहसी अनुहार देखाउन प्रयत्न गरेको देखिन्थ्यो ।

गाढा हरियो रंगको हुडी र जिन्स लगाएका उहाँ अगाडिको पङ्क्तिमा रहेका आफ्ना आमाबाबुसँग मुस्कुराइरहेको पनि देखिन्थ्यो । याशिनलाई गत गर्मीयाममा रुसको राजधानी मास्कोको एक पार्कमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि बनेको कानुनअनुसार रूसी सेनाबारे ‘नक्कली’ सूचना फैलाएको अभियोगमा उहाँलाई १० वर्षसम्म जेल सजाय तोकिएको छ ।

तपाईको प्रतिक्रिया