अर्जेन्टिनालाई अरेबियाले हरायो

  मंसिर ०६, २०७९

दोहा, मङ्सिर ६ : जारी फिफा विश्वकपको आजको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विजेतालाई २-१ ले पराजित गर्दै विश्वकप इतिहासमा अरेबियाले नयाँ कीर्तिमान राखेको छ।

मेस्सीले पेनाल्टीबाट अग्रता दिलाएका थिए तर दोस्रो हाफको शुरुमा सालेह अल(शेहरीले बराबरी गरे र सलेम अल-दवसारीले सनसनीपूर्ण गोल अर्को गोल गरे।
विश्वकप जित्ने दावेदार मध्येको एक रहेको अर्जेन्टिनाले लुसेल रंगशालामा हारबाट जोगाएको भए ३७ खेल अपराजित रहेको इटालीको कीर्तिमान बराबरी हुने तर त्यसो हुन सकेन थियो । फिफा विश्व वरियतामा साउदी अरेबिया भने ५१ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया