बैंकक, मङ्सिर ६ : दक्षिणी थाइल्याण्डको नाराथिवाट प्रान्तमा मङ्गलबार प्रहरी परिसरमा भएको कार बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै दर्जन बढी घाइते भएका छन् ।
थाई राष्ट्रिय दैनिक म्याटिचोनका अनुसार विष्फोट दिउँसो १२:४५ बजे भएको थियो। अहिलेसम्म एकजना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ । घटना बारे थप अनुसन्धान जारी छ।






