‘सुपर डान्सर नेपाल’पहिलो सिजनको उपाधि सिद्धार्थ र मिङ्मालाई

  मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जित्नुभएको छ । शुक्रबार राति समापन भएको ग्राण्ड फिनालेमा सिद्धार्थ र उहाँका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जित्नुभएकाे हो ।

उहाँहरुले १५ लाख रुपियाँ नगद र अन्य पुरस्कारसमेत जित्नुभएकाे छ । शोका निर्देशक भूषण दाहाल हुनुहुन्छ भने निर्णायकमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई हुन् । तर भुवनले भने बीचमै शो छाड्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया