पेरिस, कात्तिक २६ : अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियानकर्ता हुसेन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताउनुभएको छ ।
उहाँ गत केही हप्तादेखि भोक हडतालमा रहँदै आउनुभएको छ र अहिले उहाँको अवस्था ‘गम्भीर’ छ ।
चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि बिदा अस्वीकृत भएपछिगत रातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उहाँका भाइले शनिबार बताउनुभयो ।
महसा अमिनीको हिरासतमा भएको मृत्युको विरोधमा गत सेप्टेम्बरमा इरानमा भएको प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय हुसेन रोनघीलाई पक्राउ गरिएको थियो ।
उनका भाइ हसनले ट्वीटरमा लेख्नुभएको छ, “होसेनले जेलबाट फोन गरी दिएको जानकारीमा आफुलाई धेरै पटक दुब्र्यबहार गरिएको छ ।”
“आज होसेनको रक्तचाप (ब्लड प्रेसर) निकै कम भयो र उहाँ बेहोस हुनुभयो ।”
होसेनका भाइले भन्नुभयो, “रोनाघीको अवस्था गम्भीर छ र पनि उहाँलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ । होसेनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताउनुभएको छ ।”
रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको च्यानलले जनाएको थियो । टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा रोनाघी निकै कमजोर देखिए पनि अन्तर्वार्ता जारी राख्न आग्रह गरिरहेका देखाइएको छ ।”
द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले जेलको आफ्नो भवनको कार पार्कबाट बाहिर निस्की अज्ञात स्थानबाट भिडियो सन्देश जारी गर्नुभएको थियो । तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उहाँका भाइले बताउनुभएको छ ।
“होसेनलाई जे भएपनि न्यायपालिका, गुप्तचर मन्त्रालय, जेल सङ्गठन, अभियोजक र इरानी नेताको कार्यालय जिम्मेवार हुनेछ,” भाई होसेनले ट्वीटरमा लेख्नुभएको छ ।
ओस्लोस्थित समूह इरान ह्युमन राइट्सले इस्लामिक गणतन्त्रको महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ ।
हिरासतमा रहेकाहरूको बचाउ गर्न काम गरेपछि हिरासतमा लिइएका एक दर्जनभन्दा बढी वकिलहरूसहित इरानभर हजारौं मानिसहरूलाई गिरफ्तार गरिएको छ ।






