नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

  कार्तिक २६, २०७९

काठमाडौं, कात्तिक २६ : नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

खेलाडी राजकुमार राई अभिनीत चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र  क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो ।

नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायाङ्कन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गर्नुभएको हो ।

एक गोरखा आर्मीको सङ्घर्षलाई फिल्मको कथा वस्तु बनाइएको छ । फिल्मको प्रस्तुकर्ता विजया राई हुनुहुन्छ । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गर्नुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरूको जीवनमा भोगेका पीडाहरूलाई देखाइएको बताउनुभयो । उहाँले नेपालीहरूको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिलिज भए पनि आफूले फिल्म हर्न नपाएको बताउनुभयो । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मङ्सिर २३ गतेबाट प्रदर्शनमा आउँदै छ ।

तपाईको प्रतिक्रिया