चलचित्र ‘पासो’को प्रदर्शन मिति सार्वजनिक

  कार्तिक २४, २०७९

काठमाडौं, कात्तिक २४ : रिस्ता बस्नेतको अभिनय रहेको चलचित्र ‘पासो’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । मङ्सिर १६ गते चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको आधिकारिक पोस्टर पनि सार्वजनिक गरिएको हो ।

‘बीआर इन्टरटेन्मेन्ट प्रालि’को ब्यानरमा निर्माण भएको चलचित्रमा आरबी पुनको लेखन तथा निर्देशन र भगवान भुजेलले निर्माण रहेको छ । चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुङ्गाना, सरस्वती गुरुङ सहनिर्माताका रुपमा हुनुहुन्छ । यस्तै, चलचित्रमा रिस्तासहित, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया