अमेरिकामा मध्यावधि निर्वाचनःप्रतिनिधिसभामा विजयी हुने रिपब्लिकनको लक्षण

  कार्तिक २४, २०७९

वासिङटन, कात्तिक २४ : अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।

प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यवधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टी दुई सय सात सीट जितेको छ । सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकन दलले ४९ स्थान जितेको छ ।

तपाईको प्रतिक्रिया