भियतनाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

  कार्तिक २३, २०७९

हनोई, कात्तिक २३ : ‘सन् २०२२ हनोई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मङ्गलबार साँझ यहाँ सुरु भएको छ ।पाँच दिनसम्म चल्ने उक्त कार्यक्रममा चीन, फ्रान्स, भारत, संयुक्त राज्य अमेरिकालगायत ५६ देशका १२३ चलचित्रहरू प्रदर्शन हुनेछन् ।

ती चलचित्रहरुमा, छोटो चलचित्रहरू, वृत्तचित्रहरू, एनिमेसनहरू र समकालीन भियतनामी कार्यहरू समावेश रहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया