‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक

  कार्तिक १७, २०७९

काठमाडौं, कात्तिक १७ : युवा लोकगायक अर्जुन सापकोटाको  ‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको सो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको सापकोटाले बताउनुभयो ।

सुनिल परियारको एरेन्ज रहेको गीत अर्जुनको यसअघिका गीतहरूभन्दा फरक रहेको बताउनुभयो। जेरी भण्डारीको कथा एवं निर्देशनमा तयार भिडियोमा अर्जुन र क्रिष्टल सापकोटाको अभिनय रहेको छ । यो गीतको भिडियोमा अर्जुनले समेत अभिनय गर्नुभएको छ ।

करन चैसिर र दीपक गिरीको छायाङ्कन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गर्नुभएको छ । अर्जुनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पछिल्लो पुस्ताका रुचाइएका मध्येका गायक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया