मिनिबसलक्षित आक्रमणमा आठ घाइते

  कार्तिक १६, २०७९

काबुल, कात्तिक १६ : अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान एक मिनिबसलाई लक्ष्यगरी गरिएको शक्तिशाली विस्फोटमाा परी आठ घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ०८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडि रहेको सरकारी कर्मचारीको मिनीबसलक्षित सो विष्फोट भएको थिो ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ । विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया