सोमालियाको आतङ्कवादी हमलाको निन्दा

  कार्तिक १३, २०७९

आदिस अबाबा, कात्तिक १३ : आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतङ्कवादी हमलाको निन्दा गरेको छ ।

सोमालियाको शिक्षा मन्त्रालयको भवनमा शनिबार भएको दुई कार बम विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका छन् ।

आतङ्कवादी हमलाबाट ज्यान गुमाएकाहरूका परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्दै समूहले जघन्य अपराधको कडा शब्दमा निन्दा गरेको छ । समूहले सोमालिया सरकार, त्यहाँका जनता र शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अल–कायदासँग सम्बन्धित अल–शबाब चरमपन्थी समूहले आक्रमणको जिम्मेवारी लिएको छ । सोमालियाका राष्ट्रपति र सुरक्षा अधिकारीलगायत सङ्घीय सदस्य राष्ट्रका नेता अल–शबाबविरुद्ध चलिरहेको आक्रामक कारवाहीबारे छलफल गर्न बैठक गरिरहेका बेला कार बम विस्फोट भएको थियो ।

तपाईको प्रतिक्रिया