फिल्म ‘महापुरुष’ आजबाट प्रदर्शनमा

  कार्तिक १२, २०७९

काठमाडौं, कात्तिक ११ : नेपाली फिल्म ‘महापुरुष’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारहरूले अभिनय गर्नुभएको हो ।

निर्देशक प्रदीप भट्टराइको निर्देशनमा बनेको फिल्म षट्कोण आर्टसको व्यानरमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ र निर्माता म्याक्स दीपेश खत्री हुन् ।

यस्तै, फिल्ममा कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, शिखा तामाङ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया