जर्जिया मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सपथ

  कार्तिक ०६, २०७९

रोम, असोज ६ : जर्जिया मेलोनीले आइतबार औपचारिक रूपमा इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ । चार हप्ताअघि उहाँको दक्षिणपन्थी पार्टीले आम चुनावमा जित हासिल गरेपछि उहाँ प्रधानमन्त्री चुनिनु भएको हो ।

रोममा आयोजित एक समारोहमा उहाँले निवर्तमान प्रधानमन्त्री मारियो द्राघीसँग ९० मिनेटको वार्ता गर्नु भएको थियो । सो अवसरमा निवर्तमान प्रधानमन्त्री मारियोले वनियुक्त प्रधानमन्त्री मेलोनीलाई प्रतीकात्मक रूपमा क्याबिनेट बहसहरूमा प्रयोग हुने सानो घण्टी हस्तान्तरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया