वाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमणपछि चिनियाँ राजदूतलाई स्पष्टीकरण

  कार्तिक ०१, २०७९

लन्डन, कात्तिक १ : उत्तरी इङ्गल्याण्डको म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङको प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले मङ्गलबार यहाँस्थित चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।

“परराष्ट्र मन्त्रीले लन्डनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूतलाई यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्न र वाणिज्य दूतावासका कर्मचारीको यस्तो कार्यका लागि स्पष्टीकरण माग गर्न आग्रह गरिएको“ मन्त्री जेसी नर्मनले संसद्मा उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया