इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना

  असोज २८, २०७९

तेहरान, असोज २८ : इरानको सरकारले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणीको निन्दा गरेको छ । राष्ट्रपति म्याक्रोनले महसा अमिनीको मृत्युमा आक्रोशित प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेको भन्दै आलोचना गरेको हो ।

म्याक्रोनको टिप्पणी ‘हस्तक्षेपकारी’ रहेको र ‘हिंसक मानिसहरू र कानून तोड्नेहरूलाई प्रोत्साहित गर्ने खालको रहेको,’ विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया