काठमाडौँ, असोज २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ¬मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
ललितपुरस्थित किस्ट मेडिकल कलेजमा आज पुगेर मन्त्री भुसालले अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यसँग जोशीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री भुसालले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
अस्पतालका निर्देशक बज्राचार्यले उहाँको उपचार निःशुल्क रुपमा गरिएको जानकारी गराउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणका क्रममा उहाँमा डे¬ङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।
जोशीको स्वास्थ्यमा केही सुधार देखिएपनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ ।






