डडेल्धुरामा बाघको आक्रमणबाट घाइते

  असोज २२, २०७९

डडेल्धुरा, असोज २२ : बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।

उहाँलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया