काठमाडौं, असोज २० : आगामी तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाऊ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता र खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने नेपाल बाढी पूर्व सूचनाले जनाएको छ ।






