फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

  असोज १८, २०७९

काठमाडौं, असोज १८ : फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मितिसमेत घोषणा गर्नुभएको हो ।

फिल्म आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । जोन योञ्जनले निर्देशन गर्नुभएको फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संयोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका रहेको छ । फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।

फिल्ममा आलोक शुक्लाको छायाङ्कन, भीम विश्वकर्माको सम्पादन रहेको छ । किरण कुमार महर्जन सह–निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नवीन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया