सोमालियामा अल–शबाबका वरिष्ठ नेता मारिए

  असोज १७, २०७९

मोगादिशु, असोज १७ : सोमालियाली राष्ट्रिय सेना (एसएनए) र अन्तर्राष्ट्रिय साझेदार सेनाको संयुक्त कारबाहीमा अल–शबाब आतङ्ककारी समूहका एक शीर्ष नेताको मृत्यु भएको सोमालियाली सरकारले सोमबार पुष्टि गरेको छ ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाब आतङ्ककारी समूहका सह–संस्थापक अब्दुल्लाही नादिरबारे जानकारी दिने व्यक्ति वा संस्थालाई ३० लाख अमेरिकी डलर को इनाम रहेको थियो । सरकारी अधिकारीका अनुसार उनी शनिबारको कारबाहीमा मध्य जुब्बा क्षेत्रको हरामका गाउँमा मारिएका छन् ।

नादिरअल–शबाबमा विभिन्न पदहरूमा थिए जसले सोमाली सरकारलाई लगभग दैनिक आतङ्कवादी हमलाहरूमा संलग्न गरेको छ । उनी सन् २०१४ मा मारिएका पूर्व रिङलिडर अहमद अब्दी गोदाने र अल–शबाबका वर्तमान नेता अहमद दिरियेसँग निकट थिए ।

सरकारले नादिर अल–शबाबका वर्तमान नेता दिरियेको उत्तराधिकारी बन्न सक्ने अवस्थामा रहेको बताएको छ ।

कारबम विष्फोटमा नौ जनाको मृत्यु
यसैबीच, अल–सबाब समूहले गराएको कार बम विष्फोटमा सरकार पक्षका क्षेत्रिय वरिष्ठ अधिकारीसहित नौ जनाको मृत्यु भएको छ ।

मध्य सोमालियाको बेलेदवेनमा इस्लामिक समूह अल–शबाबले सोमबार गरेको दुईवटा कार बम आक्रमणमा परी वरिष्ठ क्षेत्रीय अधिकारीसहित नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे पुष्टि गर्दै स्थानीय प्रहरी कमाण्डर मोहम्मद मोआलिम अलीले भन्नुभयो, “हामीले प्राप्त गरेको प्रारम्भिक सूचनाले राज्यका मन्त्री र आयुक्तसहित नौ जनाको मृत्यु पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया