पूर्व प्रधानमन्त्री भट्टराईद्वारा उम्मेदवार नबन्ने घोषणा

  असोज १७, २०७९

काठमाडौं, असोज १७ : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ । अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित डा. भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो ।

सोमवार नेपाल न्यून एजेन्सीसँग कुराकानी गर्दै उहाँले आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताउनुभयो । राजनीति जनता र समाजको सेवाका निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद् बाहिरबाट पनि जनताको सेवा गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृत्तिले देशमा ठूलो विकृति र विसङ्गति आएको उहाँले बताउनुभयो । सदन बाहिरबाट गरिने कर्म पनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सक्रिय राजनीति गर्ने मान्छेले चुनाव नलड्ने यो नै रोचक प्रश्न हो । किनकि राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रीकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा हो । राजनीति भनेको समाज रुपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया