माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

  असोज १७, २०७९

हुम्ला, असोज १७ : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ  एमाले प्रवेश गर्नुभएको हो ।

एमाले केन्द्रीय सदस्य दलबहादुुर रावलले लामा एमालेमा प्रबेश गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बालकोटमा प्रबेश कार्यक्रम राखेर अध्यक्ष ओली तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खादा तथा टीका  लगाएर लामालाई पार्टी प्रबेश गराउनुभयो ।

उहाँ सहित नाम्खा गाउँपालिकाका निवर्तमान अध्यक्ष बिष्णुुबहादुुर लामा पनि एमाले प्रबेश गर्नुभयो । त्यसैगरी अन्य केहीले पनि माओवादी गाउँपालिका र तथा जिल्लास्तरका नेताहरुले एमाले प्रबेश गर्नुभयो । कार्यक्रममा एमाले हुम्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

२०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामा हुम्लाबाट चुनाव जित्नुुभएको थियो । उहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुनुुहुुन्थ्यो । यस पटकको निर्वाचनमा आफुु नउठ्ने यसअघि नै उहाँले बताउदै आउनुु भए पनि एमाले प्रवेश गर्नुभएसँगै उहाँ उम्मेदवार बन्ने चर्चा हुन थालेको छ ।

बिशेषगरी हुम्लाकै माओवादी नेताहरु बिजय भण्डारीको समुुहले आफूलाई घेराबन्दीमा पारेको उहाँले हुम्लाका केही नेताहरुसँग गुनासो गर्दैआउनुभएको थियो । आईतबार खुमलाटारमा माओवादी अध्यक्ष प्रचण्डलाई जिल्लाका माअ‍ोवादी नेताहरु भेट्न जाने कार्यक्रममा पनि लामाको उपस्थिति थिएन ।

२०७४ मा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जित्नुुभएको थियो । दुुई वटा आमनिर्वाचनमा उहाँले कम मतान्तरले निर्वाचन जितेर रेकर्ड कायम गर्नुभयो । २०४८ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि ४८ मतान्तरले चुनाव जित्नुुभएको थियो ।

तत्कालीन शाही शासनका बेला राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी उहाँले सम्हालिसक्नुभएको छ । नेकपा विवाद कालमा समेत सुरुमा उहाँ अध्यक्ष ओली समूहमा लाग्नुु भएको थियो ।

तपाईको प्रतिक्रिया