लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

  असोज १७, २०७९

काठमाडाैँ, असाेज १७ : कीर्तिपुरका धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्डमा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गर्नुभएकाे हाे ।

करिब ४० हजार धावकहरूले भाग लिएकाे साै दाैडकाे खुल्ला समूहमा उहाँ ६६१औं स्थानमा पर्नुभएकोमा छ । प्रथम हुने केन्याका आमोस किपृटोले २  घण्टा ४ मिनेट ३९ सेकेन्डमा दाैड सम्पन्न गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया