पुष्पनको ‘लाहुर’ गीत

  असोज १६, २०७९


काठमाडौं, असोज १६ : दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरूको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई देखाइएको छ ।

सङ्गीत तयार गर्नुभएका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उहाँले शब्द भने अनिल शर्माको सहयोगमा तयार गर्नुभएको हो ।

म्युजिक भिडियो हरि हुमागाईँले निर्देशन गर्नुभएको हो । भिडियोमा उत्तम हुमागाईँको छायाङ्कन र हरिकै सम्पादन छ । कन्सेप्ट डिजाइन भिडियोमा पुष्पन प्रधानको छ ।

भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईँ, गोकुल हुमागाईँ, सायना हुमागाईँलगायतको अभिनय छ ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।