प्रदेश प्रमुख मिश्रसमक्ष आयोगको ३२औँ वार्षिक प्रतिवेदन पेश

  असोज १३, २०७९

धनुषा, असोज १३ : मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन पेश गर्नुभएको हो । उक्त प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिकसमेत गर्नुभयो ।

उक्त प्रतिवेदनमा सबैभन्दा बढी मधेस प्रदेशमा २४दशमलव २५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको छ । गत आवमा जम्मा नौ सय १५ वटा उजुरी दर्ता भएकामा सबैभन्दा बढी धनुषा जिल्लाको छ ।

गत वर्ष धनुषाबाट तीन सय ३९ उजुरी परेका थिए । आव २०७७÷७८ बाट फछ्र्यौट गर्न बाँकी एक हजार एक सय ९६ र २०७८÷७९ मा परेका नौ सय १५ मुद्दामध्ये एक हजार एक सय ९६ मुद्दा गत आवमा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ । अघि ल्लो वर्षको फछ्र्यौट गर्न बाँकी नौ सय १५ मुद्दा र यस आवमा परेका तीन सय १५ मुद्दामा पनि अनुसन्धान अघि बढिसकेको कार्यालयले जनाएको छ ।

मधेस प्रदेशका चार जिल्लासहित नौवटा जिल्ला कार्यक्षेत्र रहेकामा चालु आवको साउन र भदौ महिनामा तीन सय १५ उजुरी परेको कार्यालय प्रमुख अधिकारीले जनाउनुभयो ।धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश नं १ को खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट दुई महिनामै तीन सय १५ उजुरी मा दर्ता भइसकेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया