दक्षिण कोरियामा थप १४ हजार सङ्क्रमित

  असोज १०, २०७९

सोल, असोज १० : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ३४ हजार छ सय ३४ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिन २५ हजार सात सय ९२ जना सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३१ हजार पाँच सय १३ रहेको थियो ।
अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय २७ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा ११ ले बढी हो ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार २४६ पुगेको छ । विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया