काठमाडौं, असोज १० : ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ । ट्राफिक प्रहरीले चाडपर्व लक्षित चल्ने लामो दूरीका सवारी साधनका चालकलाई काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई सोमबार माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दशैं, तिहारलगायत पर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढेको छ। यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको प्रहरीको भनाइ छ ।






