युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि

  असोज १०, २०७९

काठमाडौँ, असोज १० : ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ । ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो ।

राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा ढकाल राणा फस्ट रनरअप, ज्योति दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्ड रनरअप र मञ्जु पाठक फोर्थ रनरअप हुनुभयो ।

युहान इन्टरनेसनल इभेन्ट्सले विवाहित महिलाहरूको अनुभव, परिपक्वता, सिकाइ अझ बृहत् र विस्तारित रूपमा समाजसामु ल्याएर उनीहरूको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तीकरणमा योगदान पु-याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

सङ्गीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको हो ।

प्रतियोगिताका विजेताले शीर्ष उपाधिका साथमा दुई लाख रुपियाँबराबरको उपहारका साथै विभिन्न अवसरसमेत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया