यी प्रदेशमा वर्षा भइरहेको छ

  असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : मनसुन न्यूनचापीय प्रणालीको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण बदली र लुम्बिनी प्रदेशका पश्चिमी भेगमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राजधानी काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँले मनसुन जारी रहेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

महाशाखाले जारी गरेको मनसुन बुलेटिनमा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यूनचापीय क्षेत्र अवस्थित रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया