इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद

  असोज ०८, २०७९

क्विटो, असोज ८ : ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले  बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागूऔषध बरामद गरिएको छ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागूऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन् ।

बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्दै ‘अन्तर्राष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने’ कुरा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया