भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

  असोज ०८, २०७९

नियामे, असोज ८ : नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको  जनाएको छ । सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु  भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया