बङ्गलादेशी कलाकारको प्रदर्शनी

  असोज ०७, २०७९

काठमाडौँ, असोज ७ : मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको  समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति विभागको सहकार्यमा ठमेलस्थित आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो ।

प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारका साथै कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ती कलाकारका साथै बेलायती कलाकार नौसिन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनिमीको कलासमेत राखिएको छ ।

बङ्गलादेशको होविगन्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिनुभयो । उहाँले कला प्रदर्शनीले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन टेवा पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया