बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी

  असोज ०६, २०७९

लण्डन, असोज ६ : बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ ।

बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको छ हो । बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् ।

बैंकले प्रमुख ब्याज दरलाई ०.५ प्रतिशत बिन्दुले २.२५ प्रतिशतमा पु-याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ । बैंकको अगस्टको कदमलाई दोहो¥याउँदै पहिले नै ऋण लागतलाई १४ वर्षको उच्च विन्दुमा पु-याएको थियो ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागत्लाई कम गर्ने योजनाको परिणामस्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरिएको छ ।

– ब्याज दर २००८ पछिको उच्चतम विन्दुमा –

“बैंक अफ इङ्ल्यान्डले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयास गरेकाले बैंक दर सन् २००८ यताकै उच्च विन्दुमा पुगेको छ,” इन्टरएक्टिभ इन्भेस्टर्स एनालिस्ट भिक्टोरिया स्कोलरले भन्नुभयो ।

विश्व बैंकले चालू तेस्रो त्रैमासिक वा सेप्टेम्बरको अन्त्यसम्ममा बेलायतको अर्थतन्त्र खुम्चिने सङ्केत पनि गरेको छ । अघिल्लो तीन महिनामा ०.१ प्रतिशतले खुम्चिएपछि यसले बेलायतलाई मन्दीमा धकेल्नेछ । मन्दीको प्राविधिक परिभाषा नकारात्मक वृद्धिको दुई सीधा त्रैमासिक हो ।

यसैबीच, विश्व बैंकले आगामी महिना मुद्रास्फीति ११ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । “अगष्टदेखि ग्यासको थोक मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ,” बैंकले भनेको छ ।

तपाईको प्रतिक्रिया